February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी

सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी

साउन २१, सल्यान। सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी परेका छन।

जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्दकी ४० बर्षीय मिना बस्नेत, उनकी छोरी अ. २५ बर्षकी पबित्रा बस्नेत सोही ठाउँ बस्ने केशर बस्नेतको छोरा ९ बर्षका जोन बस्नेत, केशर बस्नेतकै छोरी अ. ४ बर्षकी जोशना बस्नेत बिरामी परेका हुन।

उनिहरुले शुक्रबार नजिकै रहेको जंगलबाट ल्याएर जंगली च्याउ खाएका थिए।

च्याउ खाएर बिरामी परेपछी शुक्रबार साझ ६ बजे तिर उनिहरु बिरामी परेका थिए।

सनिवार बिहान उपचारकोलागि जिल्ला अस्पताल सल्यानमा ल्याएको र त्यहाँ उपचार सम्भव नभएसि जोन बस्नेत र जोशना बस्नेतलाइ थप उपचारको लागी प्रादेशिक अस्पताल सुर्खेत, मिना बस्नेत र पबित्रा बस्नेतलाई नेपालगंज रिफर गरिएको हो।

यसैगरि सनिवार बिहान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीमा पनि जंगली च्याउ खाएर ४ जना बिरामी परेका छ्न।

बिरामी पर्नेहरुमा सोही ठाउँ बस्ने ४८ बर्षिय भुप बहादुर वली, उनकी श्रीमती ४५ बर्षिय मनकली वली, छोरा २३ बर्षका प्रकाश वली, बुहारी २१ बर्षकि सुशिला वली रहेका छ्न।

उनिहरुकोपनि उपचारकोलागि जिल्ला अस्पताल सल्यान ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत तर्फ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज