December 16, 2025, Tuesday
२०८२ पुष १, मंगलवार
नेकपा सल्यानका नेता केसी मृत्यु प्रकरण : एक जना पक्राउ यस्तो छ घटनाको नालिबेली

नेकपा सल्यानका नेता केसी मृत्यु प्रकरण : एक जना पक्राउ यस्तो छ घटनाको नालिबेली

साउन २०, सल्यान। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी (लोकपाल)मृत फेला परेपछी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्लाकै बागचौर नगरपालिका–१० मोख्ला नजिकै घोप्टो परेको अवस्थामा बिहिवार बिहान सव फेला परेको थियो।

छ्त्रेश्वरी गाउँपालीका ४ ठुलीखर्क घर भएका ५३ वर्षीय लोकपाल केसी मृत अवस्थामा फेला परेको खबर पाए लगत्तै  घटनास्थलमा प्रहरी पुगि अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार यस्तो छ घटनाक्रम

१९ गते (बिहिवार बिहान अं.०९:३० बजेको समयमा सल्यान सल्यान बागचौर नगरपालिका १० शिवगुफा नजिक एक जना पुरुष व्यक्ती भिरबाट लडि मृत अवस्थामा रहेको छ भनेर स्थानीय ब्यक्तीले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय थारमारेमा जानकारी गराएपश्चात उक्त स्थानमा ई.प्र.का थारमारेबाट बाट प्र.ना.नि.ओपेन्द्र कुमार शाहीको कमाण्डमा प्रहरी टोली खटिई घटना स्थान तिर गएको थियो।

घटनाको बारेमा बुझ्दा शिवगुफा सामुदायिक बन भित्रको गोरेटो बाटो देखि ३५ मिटर तल घोप्टो परेको अवस्थामा शव रहेको र उक्त शव केसीको हो भनेपछि उनका आफन्तलाई बोलाई सनाखत गराउदा मृतक केसी नै रहेको पहिचानपछि जि.प्र.का.सल्यानका कार्यालय प्रमुख प्र.ना.उ.सुमित खड्काको कमाण्डमा SOCO सहितको ११ जनाको टोली र जिल्ला अस्पताल सल्यानबाट डा.नितेश अधिकारी सहितको संयुक्त टोली घटनास्थलमा पुगि मृतक लाशको सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरि पोष्टमोर्टमको लागि जिल्ला अस्पताल पठाइ पोस्टमार्टम गराइएको थियो।

पोस्टमार्टमपछि  मृतकको छोरा लोकेश कुमार के.सि.ले मिति २०७९।०४।१८ गते दिउँसो आफ्नो बुबा संगै थारमारे बजारमा  बसेर मा.प.से. गरि मोखला बजार तर्फ जाने भनि संगै हिडेका छत्रेश्ववरी गाँउपालिका वडा नं.१ बस्ने बर्ष अन्दाजी ४० को टोप बहादुर खत्रीले कर्तब्य गरि मारेको शंका लाग्छ भनि निजको नाममा किटानी जाहेरी दिएको आधारमा टोप बहादुर खत्रीलाई उनको घरबाट पक्राउ गरि कर्तब्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत सल्यानबाट पाँच (५) दिन म्याद थप गरि थप अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मृतक केसीको शव आफन्तले बुझेर अन्तिम दाहसंस्कार गरेका छन।