April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
सल्यानको २ पालिकाको प्रमुख पदमा २ जनाको स्वतन्त्र उम्मेद्वारि दर्ता

सल्यानको २ पालिकाको प्रमुख पदमा २ जनाको स्वतन्त्र उम्मेद्वारि दर्ता

११ बैशाख, सल्यान ।
सल्यानका २ पालिकामा प्रमुख पदकोलागी २ जनाको स्वतन्त्र उम्मेद्वारि दर्ता भएको छ।

जिल्लाको बागचौर नगरपालिका र छ्त्रेश्वरी गाउँपलिकामा स्वतन्त्र उम्मेद्वारि दर्ता भएको हो।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सल्यानकाे सेक्रेटरी इन्चार्ज लोकपाल केसिले सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारि दिएका छन ।

केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरी गाउँपालिकाको कार्यालयमा स्वतन्त्रबाट पहिलो नम्बरमा उम्मेद्वारि गराएका हुन।

त्यसैगरि स्वतन्त्र टिमबाट नै उपाध्यक्षमा हिरा बुढा, वडा नम्बर १ काे अध्यक्षमा टाेप बहादुर केसी, २ मा टाेप बहादुर डाँगी, ३ मा चुर्ण बहादुर खड्का र ४ मा लाेक बहादुर वलीले वडाध्यक्षमा उम्मेदवारी दिएका छन।

त्यसैगरी जिल्लाको बागचौर नगरपालिकाको निर्वाचन अधिकृत कार्यलयमामा मेयर पदकोलागि एक जनाले स्वतन्त्र उम्मेद्बारी दिएका छन।

उम्मेद्वार दिनेमा बागचौर नगरपालिका वडा नं २ लस्तम चिसिखोलीका चित्र बहादुर डाँगी रहेका छन।

उनले आइतबार बिहान १० बजे तिर उम्मेद्बारी दर्ता गराएका हुन ।

उनीपनि बागचौर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने पहिलो ब्यक्ति हुन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज