दाङमा एक युवतीमाथी सामुहिक बलात्कार
असार ४, तुलसीपुर।
दाङको तुलसीपुरमा एक युवतीमाथी सामुहिक बलात्कार भएको छ।
जिल्लाको तुलसीपुर उपमहनगरपालिका ५ की २५ वर्षीया युवतीमाथी बलात्कार भएको हो।
बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका ९ दोघरेका २४ वर्षीय शंकर विक र ३० वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटनामा संलग्न मध्ये दोघरेकै १८ वर्षीय अर्जुन परियार र २१ वर्षीय अर्जुन विक फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
युवतीमाथि असार २ गते राति सवा ८ बजे बलात्कार भएको हो। पीडित युवतीको सुस्त मनस्थितीकि भएको प्रहरीले जनाएको छ।
उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार खुलेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
पीडितलाई कमल चौधरीले फकाएर लगेको र उनले आफ्ना तीन जना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको बताइएको छ।
बलत्कारपछि पीडित युवती घर फर्किएर घटनाबारे भनेपछि यो कुरा बाहिर आएको हो।
आफन्तले उनीमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
परिवारले चार जनाविरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पछिल्लो समय दाङमा जवरजस्ती करणीका घटना बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ।
चालु वर्षको जेठ मसान्तसम्म मात्रै ७८ ओटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लेखकको सम्वन्धमा