September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
एमालेबाट नवनिर्वाचित वडा सदस्यद्धारा आफ्नै छोरी बालत्कार

एमालेबाट नवनिर्वाचित वडा सदस्यद्धारा आफ्नै छोरी बालत्कार

जेठ २७, काठमाडौ।

बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१७ एमालेबाट नवनिर्वाचित वडा सदस्य टल्के थिङ्गलाई प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेका छन।

जितपुर सिमरा-१७ जैतपुरका स्थायी वासिन्दा ४१ वर्षीय टल्के थिङ अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक(असाई) समाजका प्रतिष्ठित व्यक्तित्व हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा निर्वाचित वडा सदस्य थिङले हाल आएर आफ्नै जेठी छोरी(१४ वर्ष को हुँदा देखि बलात्कार गर्दै आएको हाल १९ वर्ष)लाई ५ वर्ष अगाडि देखि पटकपटक बलात्कार गर्दै आएको खुलेको छ।

यसभन्दा अगाडि पिडित छोरीको भनाई अनुसार कहिँ कतै यो कुरालाई बाहिर लागेमा मार्ने डर धम्की दिएको यस कार्यमा पीडितकी आमाले पनि बुबालाई साथ दिएको कारण घटना यतिका समय गुपचुप रहेकोमा हाल आएर गाउँका केहि सक्रिय युवाहरुको सहयोगमा पीडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भइरहेको सिमरा प्रहरीले जनाएको छ।