February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यानको बागचौर नगरपालिकाको मेयरमा काङ्ग्रेसका गौतम र उपमेयरमा माओवादीकी  डिसी विजयी

सल्यानको बागचौर नगरपालिकाको मेयरमा काङ्ग्रेसका गौतम र उपमेयरमा माओवादीकी डिसी विजयी

जेठ ५, सल्यान।
सल्यानको बागचौर नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जस अन्तर्गत पालिकाको मेयरमा नेपाली कांग्रेसका जनकराज गाैतम विजयी भएका छन् ।

गौतमले माओवादी केन्द्रका कृति बहादुर पुनलाइ पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

गौतमले ६ हजार २७ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका कृति बहादुर पुनले ५ हजार ५ सय ९४ मत ल्याए । गौतमले पुनलाई ४३३ मतले पराजित गरेका हुन ।

यस्तै उपमेयरमा माओवादीकी सुम्निमा डिसी ओलीले ६ हजार ६ सय १४ मत ल्याएकी छन् । उनले नेपाली कांग्रेसकी दीपा बस्नेतलाई पराजित गर्दै जित हात परेकी हुन । कांग्रेसकी बस्नेतले ५ हजार २ सय ३४ मत ल्याएकी छन् ।

पालिकाका १२ वटा वडा मध्य कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज