August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
खुकुरी प्रहार गरी फरार रोल्पाका अभियुक्त सल्यान थारमारेबाट पक्राउ

खुकुरी प्रहार गरी फरार रोल्पाका अभियुक्त सल्यान थारमारेबाट पक्राउ

वैशाख २८, सल्यान
खुकुरी प्रहार गरेर फरार भएका रोल्पा गंगादेव गाउँपालिका ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाइ सल्यान प्रहरीले जिल्लाको बागचौर नगरपालिका २ थारमारेको रोशन ग्यारेजमा लुकेर रहेको अवस्थामा हिजो मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छ्न।
 

गत बैशाख २६ गते राती रोल्पा गंगादेव गाउँपालिका ५ कुइन्इोटा डाडाँगाउमा वाइसियल र तरुणदलबिच झडप हुँदा शोही ठाउँका ३० वर्षीय मान बहादुर बुढा र २० वर्षीय कमल बुढालाई कुटपिट तथा खुकुरी प्रहार गरी केसी फरार भएका थिए ।

घटनामा अन्य ब्यक्तिहरुको संलग्नता भएको हुन सक्ने भन्दै केसीलाई नियन्त्रणमा लिएर आवश्यक छानविन भइरहेको प्रहरीले जनाएको छ ।