आफ्नै भान्जाले गरे मामाको हत्या
कार्तिक २८, मोरङ ।
मोरङमा आफ्नै भान्जाले मामाको हत्या गरेका छ्न ।
जिल्लाको उर्लाबारी नगरपालिका – ८ मा गएराति एक युवकले आफ्नै मामाको हत्या गरेका हुन । उर्लाबारी – ८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय मामा काजी महराको हत्या गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । महराको घर मोरङको पथरिशनिश्चरे नगरपालिका – १ मा हो ।
निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा लगिएको थियो ।
उपचारकै क्रममा गएराति उनको ज्यान गएको प्रहरीले जनाएको छ । मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्याको कारण भने खुल्न सकेको छैन ।
लेखकको सम्वन्धमा