सुन भनेर इट्टा बेच्न खोज्ने सल्यानकी २ महिला सहित ५ जना दाङबाट प्रकाउ
जेठ ९ , दाङ।
दाङमा माटोको ईट्टा जस्तो देखिने बस्तुलाई सुन भनि झुक्याएर बिक्री गर्न खोज्ने सल्यानकी २ महिला सहित ५ जना ब्यक्ति दाङ तुलसीपुरबाट पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ६ स्थित एकान्त होटेलमा सर्वसाधारणलाई अवैध सुन विक्रि गरिरहेको प्राप्त सुचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका वडा नं. १ की ४९ वर्षिया शावित्रा बुढाथोकी , सल्यानकै कुमाख गाउँपालिका वडा नं. १ बस्ने ३० वर्षिया गिता बुढा, दाङको राजपुर गाउँपालिका वडा नं.६ खांग्रानाका बस्ने वर्ष २६ का राज कुमार बुढा, सोहि ठाउँका २४ वर्षिय प्रकाश खडका र दार्चुलाको व्यास नगरपालिका वडा नं.२ का २३ वर्षका शुरेन्द्र सिहंधामी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रवक्ता मुकन्द प्रसाद रिजाले जानकारी दिए।
सुनजस्तो देखिने सानो टुक्रा स्याम्पलको रुपमा देखाएर अन्य सामानसंग बार्गेनिङ गरि सर्वसाधारणलाई ठग्न खोजिरहेको अवस्थामा उनीहरुलाई होटेलको कोठाबाट पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ईट्टाको टुक्रा २ थान, हरियो रङको जेब्रा झोला एक थान र सुन जस्तो देखिने पहेलो धातुको टुक्रा एक थान फेला परेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा