March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
सल्यानमा नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी बिच गठबन्धन हुने : कुन पालिका कसको भागमा?

सल्यानमा नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी बिच गठबन्धन हुने : कुन पालिका कसको भागमा?

१२ बैशाख , सल्यान।
सल्यानमा नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी बिच चुनावी तालमेल हुने भएको छ।

५ दलिय गठबन्धन बनेर सहमति भइ स्वस्थ र मैत्रीपुर्ण प्रतिस्पर्धाबाट निर्वाचन गर्ने सहमति जुट्न नसकेको अवस्थामा दुई दल बीच यस्तो सहमति भएको हो ।

जस अनुसार सल्यानका १० पालिका मध्य कालिमाटी गाउँपालिकामा माओवादी केन्द्रलाई प्रमुख पद दिइएको छ भने उपप्रमुख पद नेकपा समाजबादीलाई दिइएको छ।

त्यस्तै त्रिबेणि गाउँपालिकामा नेकपा एकीकृत समाजबादीलाई प्रमुख दिइएको छ भने माओवादी केन्द्रलाइ उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरिएको छ।

यसैगरी कपुरकोट गाउँपालिका पनि नेकपा एकीकृत समाजबादीलाई प्रमुख पद दिइएको छ भने माओवादी केन्द्रलाइ उपप्रमुख उम्मेदवार बनाइने भएको हो ।

साथै छ्त्रेश्वरी गाउँपालिका , सिद्ध कुमाख गाउँपालिकामा पनि प्रमुख पदमा नेकपा एकीकृत समाजबादीलाई प्रमुख पदमा उम्मेदवार दिने छ्न भने उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको उम्मेदवारी रहनेछ ।

उता शारदा नगरपालिका , बागचौर नगरपालिका , दार्मा गाउँपालिका, कुमाख गाउँपालिका बनगाड कुपिण्डे नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रको उम्मेदवारि रहने छ भने बनगाड कुपिण्डे नगरपालिकामा उपाध्यक्ष पनि माओवादी केन्द्रले उम्मेदवारी दिनेछ र उपप्रमुखमा अन्य पालिका समाजबादी पार्टीले उम्मेदवारी दिने निर्णय गरिएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज