January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
ह्रदयबिदारक दुर्घटना : माईत जाँदै गरेका नवविवाहित जोडी सहित चार जनाको मृत्यु

ह्रदयबिदारक दुर्घटना : माईत जाँदै गरेका नवविवाहित जोडी सहित चार जनाको मृत्यु

मंसिर २०, कैलाली । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा नवविवाहित दम्पती सहित चार जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनाराको मृत्यु भएको छ ।

त्यस्तै पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मृतक मनिसा र प्रेम नविवाहित जोडी रहेको उनिहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का ४० वर्षीय जानकी भट्टराई, ३८ वर्षीय बिष्णु भट्टराई, ६६ वर्षीय मानध्वज भट्टराई, १० वर्षका दिपक भट्टराई, २८ वर्षीय ओम प्रकाश भट्टराई, र ४० वर्षीय गोबिन्दी बिक घाइते भएका छन् ।

४० वर्षीय जानकी भट्टराईलाई डडेल्धुरा रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।

चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको हो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज