सल्यानमा जिपले ठक्कर दिदा स्कुल जाँदै गरेका ५ विद्यार्थी गम्भीर घाइते
असोज १५, सल्यान । स्कुल जाँदै गरेका बिद्यार्थिलाई डबल क्याप जिपले ठक्कर दिदा ५ जना बिद्यार्थि गम्भिर घाईते भएका छन ।
जिल्लाको शारदा न.पा १ मा रहेको शिबजन माबिमा आउदै गरेका बिद्यार्थिलाई थारमारे बाट आउदै गरेको लु २ च ५७०१ नं. को जिपले ठक्कर दिएको हो । उनिहरू सडक छेउको सल्लाको छहारीमा सितल बसेका अवस्थामा तिव्र गतिमा आएको जिपले ठक्कर दिएको प्रहरीले बताएको छ ।
घाईते बिद्यार्थिलाई थप उपचारको लागी नेपालगंज रिफर गरेको र जिप चालक लाई जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता अर्जुण पौडेल जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्