दाङको शिरखोला बस दुर्घटनामा परेका सबै रोजगारीको लागी भारत जाँदै गरेका मजदुरहरू
असार १५, सल्यान । दाङ सल्यान सडकखण्ड अन्र्तगत तुलसीपुर ३ शिरखोलामा यात्रु बाहक बस दुर्घटना भएको छ ।
सल्यान देखी बाँकेको नेपालगन्ज तर्फ जादै गरेको रा १ ख २४३९ नम्वरको बस बेलुकी साढे छ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यात्रुबहाक बस दुर्घटना हुँदा २८ जना यात्रु घाईते भएका छन् । घाईतहरुको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।
प्रहरीका अनुसार घाईतेहरुको अवस्था सामान्य र मध्यम रहेको छ । बस सडक देखी झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ ।
चालकले अनियंत्रित भएर दुर्घटना भएको भनेपनी कारण भने खुलेको छैन । गाडी दुर्घटना भएको स्थानमा घुम्ती छ । त्यसैले पनि दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।
बसमा सवार यात्रु राेजगारीका लागि भारत जान लागकाे खुलेको छ । उनिहरू सल्यानकाे छत्रेश्वरी गाउँपालिकाबाट आज हिडेका थिए ।
घाइतेहरुकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ । गाडीमा करिब ३५ / ३६ यात्रु भएको हुन सक्ने प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्