December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
प्रधानमन्त्री रोजगार कार्यक्रमको ‘कार्यप्रगति’ तर्फ बागचौर नगरपालिका देशकै प्रथम, दार्मा तेस्रो

प्रधानमन्त्री रोजगार कार्यक्रमको ‘कार्यप्रगति’ तर्फ बागचौर नगरपालिका देशकै प्रथम, दार्मा तेस्रो

असार ०८, सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कार्यप्रगति’ तर्फ सल्यानको बागचौर नगरपालिका देशकै प्रथम भएको छ ।

तोकिएको समय सीमा भित्र रोजगार व्यवस्थापन सूचना प्रणालीमा तथ्याङ्कको प्रविष्ट गरेर चालु आर्थिक बर्षमा पनि देशभमै प्रथम बनेको नगरपालिकाले आगामी आर्थिक बर्षको लागि पनि तथ्याङ्कको प्रविष्ट तथा कार्यप्रतिका आधारमा देशका सबै स्थानीय तह मध्ये धेरै बजेट पाएको नगरपालिकाका रोजगार संयोजक नबराज डाँगीले बताए ।

 

नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले आगामी आ.व. २०७८।०७९ का लागि बागचौर नगरपालिकालाइ वित्तीय हस्तान्तरण तर्फ रु. ३ करोड २७ लाख ७४ हजार, आइडिए सोध भर्ना हुने रकम रु. ३८ लाख र कार्यप्रगतिका आधारमा ३ करोड ५९ लाख ९१ हजार गरी जम्मा ७ करोड २५ लाख ६५ हजार सशर्त अनुदानको रकम विनियोजित गरेको हो ।

उक्त रकमबाट आगामी आ.व.का लागि १ हजार २ सय ५८ जना सूचीकृत बेरोजगार हरुलाई प्राथमिकताका आधारमा १०० दिन बराबरको रोजगारी प्रदान गरिने बताइएको छ । चालु आ.व.मा देशैभरका स्थानीय तहहरूबाट खर्च हुन नसकी फिर्ता हुने रकम र बाँडफाँड नगरिएको रकम थप रु. ३ अर्ब ६७ करोड ५४ लाख गरी जम्मा हुन आउने रकमबाट सोही अनुपातमा थप रकम आउने जानकारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गराएको छ ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ बागचौरका विभिन्न स्थानमा बिकास निर्माणका कामहरू भैरहेका छन ।

दार्मा देशभरकै तेस्रो

त्यस्तै उक्त कार्यक्रम तर्फ चालू आवमा देशभरमै तेस्रो ठूलो रकम पाएको सल्यानकै दार्मा गापाले आगामी आबको लागि पनि सबै स्थानीय तहहरू मध्ये तेस्रो ठूलो बजेट पाएको छ, भने जिल्लाको बनगाड कुपिन्डे नगरपालिका र त्रीवेणी गाउँपालिकाले समानिकरनको बजेट पाए पनि कार्यप्रगति अन्तरगत बजेट  शुन्य रहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज