May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमाले बिभाजन रोक्न नेताहरू सक्रिय, ओली र नेपाल बिच निर्णायक वार्ता गराउने तयारी

एमाले बिभाजन रोक्न नेताहरू सक्रिय, ओली र नेपाल बिच निर्णायक वार्ता गराउने तयारी

वैशाख २४, काठमाण्डाै । नेकपा एमालेका दुवै समूहका दोस्रो तहका नेताहरु पार्टीको एकता जोगाउन सक्रिय बनेका छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी छ । सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेपछी एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू सक्रिय बनेका हुन् ।

यसअघि हिजो र अस्ति आपसी छलफल गरेका दुवै समुहका नेताहरुले नेतृत्वलाई आवस्यक लचक बन्दै सहमति जुटाउन दबाब दिइ रहेका छन् । हिजो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए ।

आज राष्ट्रिय सभाको एक सिटका लागि उम्मेदवारी दिनुपर्ने भएकाले साझा उम्मेदवार बनाउने विषयमा हिजो छलफल भएको र आज पनि छलफलको तयारी भइरहेको नेताहरुले बताएका छन् । आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा छ ।

अध्यक्ष ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ । एमाले फुटको नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली र नेपालसँग बेग्लाबेग्लै छलफल समेत गर्नुभएको छ ।

ओली नेपाल बिच वार्ता हुन्छ : महेश बस्नेत

त्यस्तै एमाले युवा तथा प्रधानमन्त्रीका निकटतस्थ नेता महेश बस्नेतले पनि प्रधानमन्त्री केपी ओली र नेता माधव नेपाल बिच वार्ता गर्ने तयारी रहेको दावी गरेका छन । बस्नेतले दुई नेताबीच सहमति हुने र पार्टी एक ढिक्का भएर जाने दाबी गरेका छन । पत्रकार ऋषि धमलसँगको कुराकानीमा भनेका छन्–‘म दाबीका साथ भन्छु, अध्यक्ष कमरेड र माधव कमरेडबीच सहमति हुन्छ । आज/भोलि नै उहाँहरुबीच वार्ता हुन्छ ।’

यता, नेता नेपाल पक्षधरले भने ओली पार्टी एकता गर्नेगरि सहमतिमा नआए संयुक्त राजीनामा दिने चेतावनीयुक्त सन्देश बालुवाटारलाई पठाईसकेको छ । माधव नेपाल पक्षधर कम्तिमा पनि २० जना सांसदले बैशाख २७ गते अघि नै संयुक्त राजीनामा दिए ओलीलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । नेपाल पक्षलाई राजीनामा दिनबाट रोक्नको लागि पनि ओलीले नै बढि प्रयत्न गर्नुपर्ने नेपाल पक्षधर नेताहरुको भनाई छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपालसँग एकपटक निर्णायक वार्ता गर्ने भएका छन् । यही बैशाख २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले पार्टी एकता कायम राख्नको लागि अधिकतम प्रयास राखेको बताउँदै आएका छन् ।

तर, नेपाल पक्षले पार्टी एकता कायम राख्नको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन राखेको छ । यसअघि दुई नेताबीच यही बैशाख ९ र १० गते काठमाडौंको होटेल म्यारियटमा भेटवार्ता भएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज