March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सामाजिक संजालमा सल्यान : सात सल्यानिका साताका सात स्टाटस

सामाजिक संजालमा सल्यान : सात सल्यानिका साताका सात स्टाटस

माघ १०,सल्यान । मानव समुदायको लागि सुचना प्रविधिमा आधारित “सामाजिक संजाल” आजको समयमा विचार तथा भावना अभिव्यक्त गर्ने सशक्त माध्यम भएको छ । सामाजिक संजाल मार्फत व्यक्तिहरूले समसामयिक तथा ऐतिहासिक सन्दर्भ र घटनाबारे आफ्नो मत, विचार तथा भावना राख्ने र सार्वजनिक चासोको विषयमा आफ्नो सक्रिय उपस्थिति जनाउने तथा छलफल र बहसमा आआफ्नो तरिकाले भाग लिने गरेको पाइन्छ ।

यसै सन्दर्भमा हामीले सल्यान जिल्लामा रहेर सामाजिक संजालमा सक्रिय विभिन्न व्यक्तित्वहरुले विभिन्न समसामयिक तथा सार्वजनिक चासोका बिषयबस्तुमा व्यक्त गरेका घोचपेच तथा बिचारहरुलाई हरेक हप्ता नयाँ दृष्टिमा प्रस्तुत गर्न थालेका छौं ।  प्रस्तुत छ, यो साताका सात सल्यानीका (हप्ता) सात स्टाटस ।

१.  हरेक जसो आन्दोलन देश र जनताको नाममा, परिवर्तन र अग्रगमनको नाममा हुने गरेका छन् । तर जनताको नाममा हुने गरेका आन्दोलनले जनतालाई नै सास्ती हुने गरेको छ । उसो त् आन्दोलनको बेलाका नारा आन्दोलन सफल भएपछी बिर्सनु नेपालका राजनीतिक दलहरुको पुरानै बानि छ । यसै सन्दर्भमा माघ ९ गते प्रचण्ड माधब समुहले गरेको शक्ति प्रदर्शनमा फसेको एम्बुलेन्स सहित सल्यानका बिक्रम बुढाको टिप्पणी ।

 

 

२. प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि सडक संघर्षमा रहेका नेकपाका प्रचण्ड – नेपाल समूहका नेताहरु कहिले हामि यता छौ भनेर सडकमा चकट्टी ओछ्याएर बस्ने त् अहिले सडकमै विलासी सोफाहरुमा बस्न थालेछी बुद्धिमान बस्नेतको व्यंग्यात्मक प्रहार ।

 

३. संबिधानबाद मान्छौं भन्ने तर अदालतको फैसला नपर्खेर सडक बाट आफु अनकुलको फैसला गर्न खोज्ने प्रवृति माथी सल्यानका शेरबहादुर डाँगीको टिप्पणी ।

 

 

४. जनता समस्यामा परेको बेला नबोल्ने तर आन्दोलनको बेला गाडी रिजर्व गरेर, लाखौँ खर्च गरेर  आन्दोलनमा धेरै मान्छे देखाउने राजनीतिक दल, नेता, कार्यकर्ता दवाव साथै ति आन्दोलनमा सहभागी हुने युवा तथा जनतालाई विवेक पुर्याउन सल्यानका अतिराम वलीको आग्रह ।

 

५.  राजनीतिक व्यवस्था बदलिदा पनि जनताको अवस्था नबदलिएको प्रति सोच्न राजनिग्यहरुलाई सल्यानका धनेश क्षेत्रीको अनुरोध ।

 

६. राजनीतिक आस्था र नेताहरु संग निकट सम्बन्ध भएकै कारण पत्रकारले बिकृति बिरुद्ध लेख्न नसक्नु, नलेख्नु र साक्षी बन्नुले पत्रकारीताको ब्यबसायिक धर्म पुरा नहुने पत्रकार डिल्लीराज रावतको बिचार ।

 

 

७. हरेक पार्टी र नेताहरुले आफुलाई धेरै जनताको समर्थन भएको देखाउन ठुलो धन रासी खर्च गरेर आफ्नो जुलुसमा मान्छे उतार्न प्रतिस्पर्धा गर्नु हाम्रो देशको सन्दर्भमा नयाँ कुरा होइन । तर जनताको जीवनस्तर उकास्न त्यस्तै प्रतिस्पर्धा गर्ने भए कस्तो हुदो हो ? उत्तम अधिकारीले व्यक्त गर्नु भएको उक्त बिचार सल्यानका सामाजिक अभियान्ता धुर्वराज वलीले साभार गरेर प्रस्तुत गर्नु भएको छ ।