September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बेलुका राप्ती गाउँपालिका वडा नं २ लालमटियाको कटेशनाला नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वा ४ ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर तीन बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङ रहेको खुलेको छ । ट्रकको ठक्कर पश्चात घाइते उनलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।