February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
दशैंको मुखमा दुखत खबर : काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

दशैंको मुखमा दुखत खबर : काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौँबाट लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।

दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बा१४च ३८५४ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ । उक्त गाडीमा ६ जना सवार थिए ।

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।उक्त गाडी पनि नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ जाने तयारीमा थियो ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज