११ बर्ष अघि बनेको रोल्पाको एक सरकारी भवन प्रयोगबिहीन
भुनेन घर्ती मगर – रोल्पा ।
रोल्पाको एक सरकारी भबन प्रयोग बिहिन हुदा अलपत्र परेको छ ।
जिल्लाको गंगादेब गाउँपालिका वडा नम्बर ४ र ५ को सिमा क्षेत्रमा रहेको भवन निर्माण भएको ११ बर्ष हुदा सम्म बेबरिस्से अबस्थामा गुज्रिरहेको छ ।
अगाडि रूकुम जोड्ने मोटर बाटो र पछाडी कलकल बगिरहेको माडि जोडिने खोलाको बिच भागमा अबस्थित रहेको छ ।
२०६९ सालमा गाबिस भवन भनेर स्थापना भएको भवन प्रयोगमै नआएर अहिले सम्म बेबिरिस्से अबस्थामा देख्न सकिन्छ । अन्य ठाउँका गाबिस भवन स्थानीय तह भएपछि वडा कार्यलयको रूपमा प्रयोग भएका छन् तर यहाँको भवन कुनै पनि वडासँग पाईक नपर्ने भएकाले प्रयोगमा नआएको स्थानीयको भनाई छ ।
अहिले यो भवन जिर्न बन्दै गईरहेको छ । भवन अगाडि को बाटो हुदै कयौं नेताहरू यहि बाटो सवार हुन्छन् तर कुनै चासो गरेको देखिदैन । ३ कोठा रहेको यो भवन वरपरका बासिन्दाले दाउरा राख्न प्रयोग गरिरहेका छन् ।
लेखकको सम्वन्धमा