May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
गजल : तर अपसोच समाजले आज हरामी बनायो

गजल : तर अपसोच समाजले आज हरामी बनायो

बनाउन त मलाई दुखै दुखले दामी बनायो
तर अपसोच समाजले आज हरामी बनायो

म साग बेचेर स्वाईबिन किन्ने मान्छे हुँ हेर्नुहोस
समयले किन्नेलाइ साहु मलाइ असामी बनायो

जस्लाई अदालतले ज्यानमाराको फैसला गर्यो
नेतृत्वले उसैलाई न्यायलयमा नामि बनायो

एक प्रेमिले आफै पोते लगाएर हिडिरहेको छ
सायद प्रेमले नै उस्लाइ यस्तो अग्रगामि बनायो

केहि मान्छेहरु उ त्यो बस्तिमा कापि रहेका छ्न
बुझ्नुस कि गरिवलाइ यो जाडोले धामी बनायो 

तारादेव शर्मा प्रदर्शन 

बानपा २ सल्यान 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज