संसदमा सत्तारुढ र विपक्षी सांसदबिच मुक्का हानाहान हुदा पाँच जना अस्पताल भर्ना
काठमाडौ जेठ ६ ।
ताइवानको संसदमा विवादास्पद विधेयकका विषयमा सत्तारुढ र विपक्षी सांसदबिच झडप भएको छ । दुई पक्षबीचको भनाभन बढ्दै जाँदा सांसदले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसदको कारबाही अवरुद्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको छ ।
डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डीपीपीका सांसद र विपक्षी र कुओमिन्ताङ केएमटी पार्टीका पार्टीका सांसदहरूबीचको झडप केही घण्टासम्म चलेको थियो । ताइवानको संसदमा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिकार हुने एउटा विधेयक पेस गरिएको थियो । यस बाहेक संसदमा गलत बयान दिने सरकारी अधिकारीमाथि फौजदारी अभियोग दर्ता हुने व्यवस्था पनि विधेयकमा थियो । यही विधेयकमाथि मतदान हुनुअघि सत्तारुढ र विपक्षी दलका सांसदबिच झडप भएको हो ।।
लेखकको सम्वन्धमा