September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

अस्ती अस्ती
पुष माघको जाडोमा कठाङ्ग्रिदा
अझ त्यो भन्दा पैले
मङ्सिरमा जन्ती जादा,
अझ त्यो भन्दा अस्ति
तिहारमा दिदी बहिनिको हातबाट
टिका र माला लाउदा,
अझा त्यो भन्दा अस्ति
दशैमा अग्रजबाट
टिका र आशीर्वाद ग्रहण गर्दा,
अझ त्यो भन्दा अस्ति
अषार श्रावनको झरिमा भिज्दा,
अनि
अझ त्यो भन्दा अस्ति
फाल्गुन चैत्रको हावा हुरिले
धर्तिको धुलो मैलो उडाएर
बैशाख जेष्ठमा नयाँ पालुवा पलाउदा,
मन कती दङ्ग र उमङ्गले भरिएको थियो
ठ्याक्कै आज ३६५ दिनपछी
तेही दङ्ग अनि उमङ्ग फेरी फर्किएको छ,
हर्ष र उल्लास सङ्ग सँगै
आफुलाई बर्ष दिन बुढो बनाउदै
फर्किएका छन ,
अस्ती अस्ती अनि अनि झन अस्तिका दिनहरु फेरि
हास्नलाई अनि रमाउनलाई
त्यो भन्दा पनि अझ
मानब भै बाच्नलाई
धन्यवाद छ यि दिनहरुलाई
जो हामिलाई मानब भै बाच्न सिकाउछन्
र हामी मानव भै बाचेका सबै सबैलाई
अर्को ३६५ दिनको नयाँ तालिका
हर्ष र उल्लास सँगै बितोस
भन्दै
नयाँ बर्ष २०८० को मंगलमय शुभकामना टक्र्याउदछु ।
पशुपतिनाथले हामी सबैको कल्यान गरुन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज