विमर्श प्रधानको भानु जयन्ती विशेष कविता
उ कवि थियो , उ कलाकार थियो।
उ थियो रामायणको राम,
थियो उ रामायणको रावण पनि
दिन बित्दै गए, उ आफ्नै लागी मात्रै कवि बन्यो,
आफ्नै लागी उसले कलाकारिता निखार्यो।
राम पनि आफ्नै लागि र रावण पनि।
बिचरालाई समाजले भेषभुषा रहनसहन
र राष्ट्रले उसलाई कखरामा बाधिदियो।
अङ्ग्रेजीको बेमिसाल लात अनि,
गणितको गुणन भाग र जोड घटाउले
उ भित्रको सबै गुण बैगुण गुणन भाग
र जोड घटाउ गर्दै अङ्ग्रेजीको लात खादै
क ख राको बिस्कुनमै पछारिदियो।
दिन बिते महिना बर्ष गर्दै दशकौ सक्कियो
न त उसको लागी उ कवि रह्यो न,
कलाकारितामा आफ्नैलागी खुशीका रङ पोत्न सक्यो,
अनि उ भित्रको रामत्व रावणत्व पनि
रामायणको पत्ता भित्रै थिच्चि रह्यो।
बिचरा अहिले थेच्चारिएको बिस्कुनबाट बिस्तारै उठ्दै,
उड्न खोज्दै छ।
पाएक पर्ने मलेसिया दुबै र कतार
आधुनिक भानुभक्तको लागि
रामायण भर्सन-२ को नेपाली संस्करण तयार पार्न।
– विमर्श प्रधान
प्रतिकृया दिनुहोस्