December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
प्रेस चौतारी सल्यानद्वारा दुवै मृगौला फेल भइ उपचाररत भगवती पुनलाई आर्थिक सहयोग

प्रेस चौतारी सल्यानद्वारा दुवै मृगौला फेल भइ उपचाररत भगवती पुनलाई आर्थिक सहयोग

माघ २२, सल्यान । प्रेस चौतारी नेपाल सल्यान शाखाले एक मृगौला रोग पीडितलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सल्यान शाखाले दुवै मृगौला फेल भइ उपचाररत सल्यान बागचौर नगरपालिका ११, कि भगवती पुनलाई उपचारार्थ आर्थिक सहयोग गरेको हो ।

पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र उपचारको लागि आर्थिक अभाव भएकोले संगठनको स्थापना दिवसको अवसरमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरूको तर्फबाट रू. ५ हजार आर्थिक सहयोग गरिएको संगठनले बताएको छ ।

अहिले सबैले सहयाेगकाे अभियान चलाएपछि हालसम्म ४ लाख जति सहयाेग उठेकाे र आफ्नै आामाले मृगौला दान गर्ने भएकाेले नयाँ जिवन पाउने आशा रहेकाे पुनले बताईन ।

पुनको हाल सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार र मृगौला प्रत्यारोपणको तयारी भइरहेको बताइएको छ ।