September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
सल्यानको बागचौर नगरपालिकामा जैविक मल सम्बन्धि ३ दिने तालिम सुरु

सल्यानको बागचौर नगरपालिकामा जैविक मल सम्बन्धि ३ दिने तालिम सुरु

१६ चैत, सल्यान।

बागचौर नगरपालिका कृषि विकास शाखाको आयोजनामा नगरपालिका स्तरिय जैविक मल सम्बन्धि ३ दिने तालिम सुरु भएको छ।

तालिमको नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गरेका हुन।

३ दिसम्म संचालन हुने उक्त तालिममा बागचौर नगरपालिकाभित्रका कृषकहरुको खेतीमा दिर्घकालिन फाईदा हुने गरि कृषि खेती गर्न सिकाउने लक्ष्य रहेको बागचौर कृषि शाखा प्रमुख हिरादेवी रोकायले बताए।

उनले नगरपालिका भित्रका कृषहरुमा रासायनिक मलखादको दिनप्रतिदिन बढ्दो मात्रालाई निरुत्साहित गरि कृषहरुलाई प्राङ्गारिक खेती तर्फ उन्मुख गराउने, कृषकहरुलाई वानस्पतिक विषादी बनाउँने सिप प्रदान गर्ने, स्थानीय स्रोत साधनको उपयोगिताको बारेमा जानकारी गराउँने र तालिम लिएका कृषहरुले सिकेको सीप अन्य कृषकहरुलाई ज्ञान, सीप प्रदान लगाउने लगायतका उद्देश रहेको बताएका छन ।

तालिममा बागचौर नगरपालिकाका १२ वटै वडाका प्रति वडा २ जना किसानहरुको उपस्थिति रहेको छ ।