ओली जातिको संक्षिप्त चिनारी : उत्पत्ति, नामाकरण देखि कुल, गोत्र र शाखासम्म
निम बहादुर ओली
सल्यान
चैत १०, सल्यान । ओली वंशका बन्धु बान्धबहरुको नेपालमा प्राचीन बासस्थान वि.स. १७५० भन्दा अगाडि देखि हिमालय काखमा भएको आधार छ । ओली थर – जातका वंशहरु नेपालको सातवटै प्रदेशहरुमा, सतहत्तरै जिल्लाहरुका साथै संंसारका शहर गाउँ बस्तिहरुमा बसोबास गरेको पाइन्छ ।
केही समय पहिले स्थलगत भ्रमण, अवलोकन, भेटघाट, छलफल, संंवाद, युवा, वौद्घिक, प्राध्यापक, विज्ञ–प्राज्ञिक, समाजसेवी, राजनीतिज्ञ, बुढा–बुढीहरुको अनुभव आदान—प्रदान राय, सल्लाह सुझाव सम्झना र विभिन्न प्रकाशन भएका वंशावलीहरु, थर गोत्र–प्रवरावली, नेपाली थर गोत्र–प्रवर कोश, सामाजिक, सांस्कृतिक, आध्यात्मिक–धार्मिक, इतिहास, राजनीतिक, आर्थिक पुस्तकहरुको अध्ययन खोजनीतिको आधारका अनुसार आज भन्दा पैतालीस सय वर्ष पहिले यूरोप र यूरालक केशस पर्वत श्रृखलाको आसपास वीरोस भन्ने जाति बसो बास गर्दथे जुन प्रदेशलाई बेलारस भनिन्छ ।
बिस्तारै ती वीरोसहरुको संंख्यामा वृद्धि र विस्तार हुँदै गयो । कोही पूर्व तिर कोही पश्चिम तिर बसाइ – सराइ गर्न लागे । पश्चिमका यूरोपेलीहरु प्नि वीरोसका सन्तानहरु नै हुन । पूर्वतिर लागेकाहरु इरानतिर बाट अर्को हाँगो भारत तिर पस्यो ती आर्यश खस, ब्राहमणहरु मध्य एक सन्ततीहरु मध्येबाट एक ओली थर- जात रहन गएको हो । ओलीहरु एसियाको बीचमा पर्ने मेसोेपोटामिया हालको इरान– इराकको सिल्धु नदीको भू–भागतिर हँुदै भारतको द्वारीकापुरीको प्रभाव क्षेत्रहरुमा बसोवास गरी ओली वंश पुर्खाहरुले त्यहाँ सात पुस्ता संम्म राजा भएर राज्यको राज–काज शासन प्रशासन व्यवस्था चलाएका थिए भन्ने मिथ्थक – किम्दन्तिमा पाइन्छ ।
पछिल्लो समयमा धार्मिक, राजनीतिक शक्तिका युद्व भएका थिए । ती युद्वहरुबाट मानवहरु बाँच्नकालागि एक ठाउँबाट अर्को ठाउँमा भागेर र बसाँइसराइ र थर बदलेर बाँचेको इतिहास छ । भारतको उत्तराञ्चलको टेहरी, गढवाल, बरदीनाथ–धाम, हरिद्वार, श्रीनगरतिर बाट काँक्रा, कुमाउ, गडवाल क्षेत्रहरुमा बसोवास गर्दै आएका ओलीहरु वैदिक कालदेखि नै नेपालको पश्चिम हिमालयहरुको काखमा बसोबास गर्दै नेपालको सुगम जिल्लाका वस्तीहरु तिर बसाइ सराइगर्ने क्रममा हुम्ला जिल्लाको छिनकोट हुँदै जुम्लाको सिजा, जाजरकोटको सामाखोला, बारेकोट, भारेढुङ्घा, लुहागाउँ, पश्मिम रुकुमको चित्रीपाटन, बुकि पाटन क्षेत्रतिरबाट बसाइसराइको सिलसिलामा नेपालभरि बसोवास गर्दै आएकाले ओली वंशहरुको बसोबास गरेको इतिहास बनेको हो ।
वि.सं. ३२२ तिर जमुना महाकाली भू–भागतिरबाट ओलीहरु लखेटेको इतिहास पाइन्छ । गढवाल, कुमाँउ, डडेलधुरा, डोटी, अछाम रवारी प्रदेश, सुवर्ण भूमि हँुदै हिमाली प्रदेशतर्फ प्रवेश गरेको पाइन्छ । शक – खस बंशहरु वि.सं. ७४७ देखि १००० सम्म मुजुद्घिन मोहम्मद गोरिको हमला, लुटपाटले सबै ध्वस्त गरेको पाइन्छ । …११- १२ औं शताब्दीतिर कर्णाली प्रदेशतिरको मानसरोवर निकटको खस आर्य–वाहुन, देशको सूत्रपात भएको पाइन्छ ।
खस–ब्राह्माण, कश्यप, शाण्डिल्प, भारद्वाज, उपमन्यू, कुशिक, कौशिक, काश्यप, कासिल आदि थर, जात गोत्रको बाक्लो वसोवास हुँदै फैलिएको पाइन्छ । अहिले हामी ओलीहरु संसारभरि बसोबास गर्दै आएका छाँैं । हामीले हाम्रा जरा र पुर्खाहरुलाई अनि गौरबमय पुख्यौलीलाई बिर्सिन थाल्याँै की भन्ने अनुभब जिज्ञासा पलाइरहेको बर्तमान समय सन्दर्भमा ओलीको पहिचानका लागि यसको उत्पति, संस्कृति, थर, जात, गोत्र, प्रवर, कुल, संस्कार, वंशावली आदिको खोज नीति अनुुसन्धानका साथै समग्र संस्कृतिको संरक्षण संवद्र्धन गर्न हामी ओलीहरुको चुनौतीको विषय हो ।
ओली वंशका ब्यक्ति वा समूहले आफू बसोबास गरेका ठाउँ, बस्ति, समुदाय, समाज, राष्ट्रमा राजनीतिक, सामाजीक, आर्थिक, आध्यात्मिक, भौतिक निर्माण गरेका पार्टी, पौवा, मठ, मन्दिर, चौतारा, धारा, इनार, विद्यालय, बाटो, सडक, राजनैतिक र सामाजिक नेतृत्व, सरकारी सेवा, वौद्घिक, कृषि, उद्योग, ब्यापार आदि पेशा ब्यवसायमा जीवन यापन गरी समाज र राष्ट्रको सेवा र परोपकारी कार्यहरु गरी बिभिन्न पेशा ब्यवसायमा उच्चतम् हासिल र उपलब्धि गरेका छन् ।
आफ्नो इमानदारीता, उत्तरदायीत्वका साथै संस्कृति, संस्कार, सभ्यतालाई पहिचान गराउन सफल भएका छन् । यसको संरक्षण, संवद्र्धन वर्तमान आधुनिक एक्काइसौं शताब्दीको युगमा गराउन अति आबश्यक छ । नेपालका सतहत्तरै वटा जिल्लाहरु र विश्वभरमा सिर्जनात्मक ढंगले, मौउलाउँदै फैलिदै गएको ओली वंश परिवारको थर, जात, गोत्र, प्रवर, कुल, संस्कार, सनातन वैद्धिक संस्कृति, भेषभुषा आदिलाई अविछिन्न पहिचान राख्दै जहाँ वसोवास गर्दै आए त्यही ठाउँ समाजको मुल्य–मान्यता नविन रुपान्तर हँुदै मानव विकासमा अगाडि बढेको पाईन्छ ।
मानव विकास सँगै ओलीका पुर्खा कहाँ उत्पति भए ? कहाँबाट बसाई सराई गर्दै सुख र समृद्घ ठाउँ स्थान सम्म फैलिदै जादै छन् ? ओलीहरुको बंशावली, तिनिहरुको संस्कार, चाड–पर्व, कुल आदिको बिवरण तयार गर्नुका साथै ओली वंश सम्बन्धि तथ्य अभिलेख तथ्याङ्क ऐतिहासिक महत्वको पहिचान बंशावली तयार गर्ने कार्य बहुतै प्राज्ञिक गहन विषय हो ।
ओली शब्द विभिन्न मिथ्थक, किम्दन्ती, कथन अनुसार ः ओली र वली अक्षर—शब्दको अर्थ एउटै हो । कुमाउ, गडवालतिर असिनालाई ओल भन्दछन् । यसको स्तम्भ निर्माण गरिन्छ । यस स्तम्भ निर्माण गर्ने मानिसलाई ओली भनिएको पनि हुन सक्दछ । प्राचीन समय कालमा राजालाई ओलक दिने चलन थियो । त्यो ओलकको स्टोर संरक्षण समवर्दन गर्ने समुदायका मानिसलाई राजाले ओली थरको पदवी दिएको पनि हुन सक्छ ।
पहिलेको धार्मीक राज्यसत्ताको लडाइ भएको वेला लडाईबाट बाँच्नलाई भागेर ज्यान बचाउनलाई ओलप वा अलप भएर बाँचेका समुदायलाई ओली भनिएको पनि हुन सक्छ । कतिपय ठाउँ वा गाउँको नाम ओली गाउँ छ । सो गाउँ ठाउँमा बसोबास गरेका ऐतिहासिक समुदायका मानिसको थर ओली राखिएको पनि हुनसक्छ । अकौलीया — ओलिभिराबाट ओली भएको हुन सक्छ । आगल्दराबाट — ओली पनि लेखिएको हुन सक्छ । ओली + लीबाट —लोलबाट ओली भएको हुन सक्छ । १०३२ वर्ष पहिले लेखिएका लिपिमा ओल चिकी जस्ता लिपि लेखिएका छन् ती लिपि बाट पनि ओली लेखिएको हुन सक्छ ।
थर —विश्वभरी सबै ठाउँका ओलीहरुको थर एउटै छ – ओली । जात — विश्वभरी सबै ठाउँका ओलीहरुको जात एउटै कान्यकुव्ज ब्राहमण छ । गोत्र — विश्वभरी सबै ठाउँका ओलीहरुको गोत्र एउटै उपमन्यू हो । प्रवर— विश्वभरी सबै ठाउँका ओलीहरुको तिन प्रवर हुन । वंश— विश्वभरी सबै ठाउँका ओलीहरुको वंश कृष्णा, सुर्य हुन । शाखा— विश्वभरी सबै ठाउँका ओलीहरुको शाखा कृष्णा, सुर्य हुन । कुलदेबता— विश्वभरी सबै ठाउँका ओलीहरुका चित्रालेखि- पिनालेखि, दुधगोरील हुन । इष्टदेबता— विश्वभरी सबै ठाउँका ओलीहरुका शिव, नारायण, विष्णु, गणेश, सूर्य, भगवती, हुन । स्थानियदेवता— स्थानिय विशेष हुन्छन् । वेद— विश्वभरी सबै ठाउँका ओलीहरुका शुक्ल यजुर्वेद, अथर्व वेद हुन ।
हाम्रो सामु बैवाहिक हुन सक्ने खतराका चुनौतीहरुबाट बाँच्न बचाँउन सचेत हुनु पर्छ । यी समस्याहरुलाई समाधान गर्नलाई तुरुन्तै संसार भरका ओलीहरु एउटै वंश परिवारका सन्तानका जिन, रक्त, हाड, नाता, कुटम्व, वंश, थर, जात, गोत्र, प्रवर, कुल, संस्कार साँस्कृती सनातन वैद्धिक संस्कृती, भेष भुषाका सन्तान हौँ – ओलीहरु । ओली बन्धु बान्धबहरुलाई एउटै धागोको माला उनेर एउटै मालामा सजाउदै सुखि खुसि समृद्घि हुँदै अगाडी बढ्न पहल गर्नु पर्छ । एक अर्कासंग सहकार्य सहमति सम्बन्ध समन्वय कायम गर्ने संस्कारमा वृद्घि गर्दै अगाडि जानलाई विश्व भरका ओली बन्धु बान्धबहरुको ओली वंशावली छिट्टै प्रकाशन गर्न अत्यान्त आवश्यक छ ।
( लेखक ओली, राजनीतिक-सामाजसेवी अभियान्ता हुन् । )
सम्पर्क : निम बहादुर ओली ∶ कर्णाली प्रदेश सल्यान जिल्ला बागचौर नगर पालीका ९ लिउरेवारी फोनं. 9857844952, Email : nimoli123@gmail.com/Facebook : NimBhadurOli / Twitter : Nim Bhadur Oli
सन्र्दभ सामाग्रीहरु :
(नेपालका विभिन्न ओलीहरु बसोवास गरेका जिल्लाहरुकागाउँबस्तिहरुमा भ्रमण — अवलोकन, भेटघाट, छलफल, विज्ञ युवा, बुढाबुढी आदि संगको राय सल्लाह ; संमवाद, विभिन्न पुस्तकहरुको अध्ययन, विभिन्नमासिक- साप्ताहिक, दैनिकपत्र- पत्रिकामाप्रकासन अनुसन्धानात्मक लेखहरु, अनुसन्धानप्रतिवेदनहरु, नेपाली थर –गोत्र– प्रवरकोष– श्रीहरी रुपाखेती २०६८, थरगोत्र पवरावली– पं. शिखरनाथ सुवेदी २०६०, ओलीवंशावलीपुर्वकाओली– २०५९, वंशदर्पन – २०७१, तिर्थ पर्यटन – युवराजशर्मा गौतम २०६१, खस जातीको इतिहास– प्रा.बालकृष्ण पोखरेल –२०५५, सत्यमोहनजोशि २०७५ कार्तिक १३ संमवाद, प्रा.डा. प्रगराजशर्मा २०७५ मंसिर २३ संमवाद )
प्रतिकृया दिनुहोस्