April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार
माओवादी केन्द्र कुमाखको सम्मेलन सम्पन्न, बागचौरमा अझै जुटेन सहमति

माओवादी केन्द्र कुमाखको सम्मेलन सम्पन्न, बागचौरमा अझै जुटेन सहमति

मंसिर १२, सल्यान । नेकपा (माओवादी केन्द्र) कुमाख गाउँपालिका सल्यानको अध्यक्षमा डिल्लीराज जैसी ‘सगरमाथा’ सर्वसम्मत चयन भएका छन । शनिबारदेखि सुरु भएको सम्मेलन आइतबार टुङ्गिएको छ ।

सम्मेलनले उपाध्यक्ष ३: बिरबल शर्मा, पुर्ण बहादुर शाहि र अतिराम राना, सचिव यज्ञ बहादुर गिरी, सहसचिव डिल्ली बहादुर राना र कोषाध्यक्ष धनसरा मल्ल बुढाथोकी रहेको ५५ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको छ ।

देशभर एकैदिन गाउँ तथा नगर सम्मेलन गर्ने पार्टी केन्द्रको कार्यक्रम बमोजिम शनिबार जिल्लाको शारदा नगरपालिका, दार्मा, कालिमाटी, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र सिद्धकुमाख गाउँपालिकामा सम्मेलन सम्पन्न भएका थिए भने बनगाड र कुमाखमा आइतबार सम्पन्न भएका हुन ।

सल्यानका १० स्थानिय तहमध्ये अब बागचौर नगरपालिकामा मात्रै नेतृत्व चयनमा सहमति हुन सकेको छैन । नेताहरूले सहमतिको प्रयास जारी राखेको र आजै सम्मेलन सम्पन्न हुने बताइएको छ ।