माओवादी केन्द्र बनगाडको सम्मेलन सम्पन्न, अध्यक्षमा राणा सर्वसम्मत चयन
दुर्गा विसि / मंसिर ११, सल्यान । नेकपा (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १ देवस्थल सल्यानमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन भएको हो ।
दुई दिनसम्म सञ्चालित सम्मेलनले अध्यक्षमा कृति बहादुर राना, उपाध्यक्ष मोमत रोका, विरबहादुर बुढा र कुल बहादुर पुरी, सचीव दुर्गा बहादुर बुढाथोकी, सहसचीव जीवन सिंह ठकुरी, कोषाध्यक्ष मन्जु यरी सहित ६५ सदस्यीय नगर कमिटी घोषणा भएको छ ।
यसअघि पनि नेकपा माओवादी केन्द्र बनगाडको नगर कमिटी अध्यक्ष राना थिए । पदाधिकारी छनौटमा आकांक्षि वढे पछि निकै रसाकसि भएको थियोे ।बन्द सत्रमा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माको उपस्थिति रहेको थियोे ।नगर पदाधिकारी छनौट पछि नव गठित कमिटीलाई सपथ खुवाएको थियोे ।







प्रतिकृया दिनुहोस्