कांग्रेस अधिबेशन : सल्यानमा पुरी र विष्टकाे प्यानलको उमेदवारी दर्ता
मंसिर ५, सल्यान । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सल्यान जिल्ला समितीकाे नयाँ कार्यसमिति चयनको आइतबार उमेद्वारहरुले मनाेनयन दर्ता गराएका छन् ।
जिल्ला सभापतिमा धुर्वराज पुरी र केश बहादुर विष्टकाे प्यानलले उमेदवारी दर्ता गराएको छ । त्यस्तै उपसभापतिमा सन्ताेष केसी, चक्र देवकाेटा, डिल्ली बहादुर बुढाथाेकी र गाेपाल बुढाथाेकीले उमेदवारी दर्ता गराएका छन् ।

सचिवमा प्रकाश भण्डारी, डिल्ली प्रसाद जैशी, एकराज बुढाथाेकी र लाेकराज आचार्यकाे उमेदवारी छ । सहसचिवमा वुद्धि प्रकाश हमाल, जनकराज गाैतम, पदम बहादुर बुढाथाेकी र खिम बहादुर रावतकाे उमेदवारी परेकाे कांग्रेस जिल्ला निर्वाचन अधिकृत सुनिल श्रेष्ठले बताए ।
भाेली विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने उनले बताए । मदतानका लागि सदरमुकाम खलंगा स्थित टुडिखेल बालमन्दिरलाइ ताेकिएकाे छ ।
सल्यानमा काँग्रेसका १ हजार २ सय ८० मतदाता प्रतिनिधि छन् ।

















प्रतिकृया दिनुहोस्