सल्यानमा एकीकृत समाजवादीका नगर कमिटी उपाध्यक्ष एमालेमै फर्किए
दुर्गा बिसी/ कार्तिक ११, सल्यान । नेकपा एकीकृत समाजवादीका बनगाड कुपिण्डे नगरपालिकाको उपाध्यक्ष दिलिप वली नेकपा एमाले मुल पार्टीमै फर्किएका छन् । एमालेमै फर्किएर पनि वडा नम्बर ११ को अध्यक्ष समेत वनेका छन् । वडा अधिवेशनबाट उनलाई पार्टी वडा कमिटीको नेतृत्व प्रदान गरेको नगर अध्यक्ष गञ्जमान वुढाले जानकारी दिए ।
अध्यक्षमा वली, उपाध्यक्ष ग्वाने कुँवर, सचिवमा भिम वली, उपसचिव देववहादुर वुढा र प्रमेश वुढामगरसहित २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । समाजवादीको नव गठित कमिटीमा रहेका वली आज एमाले वडा अधिवेशनबाट वडा अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन् । एमालेले वडा ११ को अधिवेशन आज सम्पन्न गरेको छ ।







प्रतिकृया दिनुहोस्