September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय कमिटी बैठक जारी, को को भए सहभागी ?

तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय कमिटी बैठक जारी, को को भए सहभागी ?

साउन ०४, काठमाडौँ । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति भवनमा जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पृष्ठभूमिका नेताहरुसहित केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

नेकपा एमाले विवाद समाधान कार्यादलले प्रस्ताव गरेको सहमति पारित गरिसकेको पृष्ठभूमिमा ओलीले माओवादी पृष्ठभूमिका नेताहरुसहित बैठक बोलाएका हुन्।

तर कार्यदलको सहमतिमा नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरुले चित्त बुझाएका थिएनन भने माधव पक्षीय नेताहरु नै सम्मिलित कार्यदलले जुटाएको सहमतिलाई पारित गरेको अवस्थामा त्यसैका आधारमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

उनले भने,‘ हामीले कार्यादलले सहमति जनाएअनुसार नै बैठक बोलाएका छौँ।’

तर यो बैठकमा नेपाल पक्षका कुनै पनि नेताहरु संलग्न छैनन्। नेपाल पक्षबाट कार्यदलमा सदस्य रहेकाहरु पनि बैठकमा संलग्न भएका छैनन्।