राजीनामा दुई – चार दिनलाई टर्यो : माधव नेपाल
वैशाख ३०, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले यस्तो बताएका हुन । ‘राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ ’ उनले भने ।
करिब ४ घण्टा वार्तापछि नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’
नेता नेपालले आजै वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दी लगाएत सँग परामर्श पनि गरेका थिए । उनिहरू सांसद पदबाट राजीनामा दिन अहिले नै हतार नगर्न सुझाव दिएका बताइएको थियो ।







प्रतिकृया दिनुहोस्