June 17, 2026, Wednesday
२०८३ असार ४, बिहीबार
सल्यानमा करेन्ट लागेर घाइते भएका वलीलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौँ लगियो

सल्यानमा करेन्ट लागेर घाइते भएका वलीलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौँ लगियो

सल्यान ८, चैत । करेन्ट लागेर घाइते भएका सल्यानका एक ब्यक्तिलाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको छ । नेपाल टेलिकम सल्यानमा कार्यरत शारदा नगरपालिका वडा नम्बर १ श्रीनगर निवासी ४५ बर्षिय लोकमान वलीलाई थप उपचारका लागी आइतवार पौनेँ ६ वजे काठमाण्डौँ लगिएको हो ।

दिउसोँ साँढे २ वजे तीर जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौर स्थित गाउँपालिकाको भवनको छटबाट टेलिकमको तार जाड्ने क्रममा वलीलाई बिद्युक्तको ३३ केभि प्रशारण लाईनको करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर घाइते भएका उहाँको जिल्लाका अस्पताल सल्यानमा उपचार पश्चात थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपाली सेनाको को हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको हो ।