सल्यानमा करेन्ट लागेर घाइते भएका वलीलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौँ लगियो
सल्यान ८, चैत । करेन्ट लागेर घाइते भएका सल्यानका एक ब्यक्तिलाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको छ । नेपाल टेलिकम सल्यानमा कार्यरत शारदा नगरपालिका वडा नम्बर १ श्रीनगर निवासी ४५ बर्षिय लोकमान वलीलाई थप उपचारका लागी आइतवार पौनेँ ६ वजे काठमाण्डौँ लगिएको हो ।
दिउसोँ साँढे २ वजे तीर जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौर स्थित गाउँपालिकाको भवनको छटबाट टेलिकमको तार जाड्ने क्रममा वलीलाई बिद्युक्तको ३३ केभि प्रशारण लाईनको करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएका उहाँको जिल्लाका अस्पताल सल्यानमा उपचार पश्चात थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपाली सेनाको को हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको हो ।
प्रतिकृया दिनुहोस्