April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ओली– कांग्रेस गठबन्धनलाई हराएपछि नेकपा त्रिवेणीले मनायो विजय सभा

ओली– कांग्रेस गठबन्धनलाई हराएपछि नेकपा त्रिवेणीले मनायो विजय सभा

मंसिर २९, सल्यान । विव्यसको चुनाव जितेपछि नेकपा त्रिवेणीले विजयी सभा गरेको छ । त्रिवेणी गाउँपालिका १, सल्यानमा रहेको जनता माविको विद्यालयको व्यवस्थापन समिति चयनको लागी बिहिबार भएको निर्वाचनबाट नेकपामा ओली निकट रहेका पार्टीका गाउँपालिका अध्यक्ष लगाएत नेताहरु र नेपाली कांग्रेसको गठबन्धन प्यानललाई पराजित गर्दै नेकपाको आधिकारिक ( गाउँकमिटी सचिवले नेतृत्व गरेको ) भनिएको (प्रचण्ड नेपाल समुह ) प्यानल विजयी भएपछि नेकपा त्रिवेणीले सोमबार त्रिवेणी १ रामबजारमा विजयी सभा सम्पन्न गरेको हो ।

चुनाव जितेपछी उत्साहित भएको नेकपा त्रिवेणीको प्रचण्ड नेपाल समुहले सोमबा्र विजय सभाको आयोजना गरेको थियो । विजयी सभालाई सल्यान प्रदेश सभा (ख) का सांसद, नेकपा कर्णाली प्रदेश सह ईञ्चार्ज तथा कर्णाली प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्मा, नेकपा सल्यान क्षेत्र नं. २ का ईञ्चार्ज उदय बोहोरा र नेकपा सल्यानका सचिव कर्णबहादुर बुढाथोकि छहारीले सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा आएर मन्त्री ज्वाला र सचिव छहारी विजयी सभामा नआएका हुन ।

विजयी उम्मेदवार

उनिहरु नआएपछि नेकपाका नेता तथा कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्मा र नेकपा सल्यान क्षेत्र नं. २ का ईञ्चार्ज उदय बोहोराले कार्यक्रमलाई सम्बोधन गरेको बताईएको छ । त्यस्तै नेकपा सल्यानका ईञ्चार्ज टेकबहादुर बस्नेत, सह ईञ्चार्ज गुलावजंग शाह र जिल्ला अध्यक्ष गोबिन्द पुनले भने कार्यक्रम बहिस्कार गरेका छन । उनिहरुलाई पनि विजयी सभामा आमन्त्रना गरिएपनि आफुहरु कार्यक्रममा आउन नभ्याउने बताएको नेकपा त्रिवेणीका सचिव अजय रोकाले बताए ।

जनता मावि काभ्राको विव्यस गठन प्रक्रियालाई लिएर नेकपा त्रिवेणीका सचिव अजय रोका र अध्यक्ष लोकेन्द्र सिंह खड्काले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए । चुनाव बाट सचिव रोकाको प्यानल विजयी भएको थियो । अध्यक्षले फरक पार्टी सँग चुनावी गठबन्धन गरेर गएपछि आफु पार्टीको आधिकारिक उम्मेद्धार रहेको रोका समुहको दावि रहेको छ । रोकालाई नेकपाका केन्द्रिय नेताहरु प्रकाश ज्वाला लगाएत प्रचण्ड नेपाल समुहको समर्थन रहर्दै आएको छ भने अध्यक्ष खड्का केपि ओली समुह निकट मानिन्छन ।

यो पनि पढ्नुहोस :

सल्यानको त्रिवेणीमा विद्यालयको चुनावमा ‘ओली- कांग्रेस’ गठबन्धन बिरुद्ध नेकपाको प्यानल बिजयी

सल्यानको त्रिवेणीमा ‘प्रचण्ड र ओली समुह’ आमनेसामने, ओली पक्षिय अध्यक्षलाई कारबाहिको सिपारिस

त्रिवेणी चुनाव प्रकरण : माइन्युट च्याथ्दा देखि चुनाव जित्दा सम्मको सम्पूर्ण नालिबेली

नेकपा त्रिवेणीमा देखिएको विवाद : जिल्ला पार्टीको असफलता कि केन्द्रिय गुटको प्रतिबिम्ब ?