April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
घुस लिएको भिडियो खिच्ने पत्रकारमाथि मालपोत कार्यालयका कर्मचारी द्वारा हा’तपात

घुस लिएको भिडियो खिच्ने पत्रकारमाथि मालपोत कार्यालयका कर्मचारी द्वारा हा’तपात

मङ्सिर १९, झापा । सेवाग्राही बाट घुस लिएको भिडियो खिचिरहेका पत्रकारमाथि झापामा आ’क्र’मण भएको छ । मालपोत कार्यालयका कर्मचारीलले पत्रकारमाथि आ’क्र’मण गरेका हुन् ।

आ’क्र’मण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्रा’उ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्रा’उ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरो’प छ ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतले भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए । यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए ।