May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
डाक्टरलाई हातपात गरेको आरोपमा एक ब्यक्ति पक्राउ

डाक्टरलाई हातपात गरेको आरोपमा एक ब्यक्ति पक्राउ

साउन १८, सल्यान ।

सल्यानमा डाक्टरलाइ हातपात गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा कार्यरत डाक्टर राहुल पाण्डेलाई  हातपात गरेको आरोपमा जिल्लाको दार्मा गाउँपालिका १ दार्माकोटका २२ बर्षीय दिपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साउन १७ गते (बुधबार) साझ ५ बजेको समयमा श्रिनगर बजारमा बाइक पार्किङ गरि कुमाख अस्पताल तर्फ जाने क्रममा चन्दले पाण्डेलाई मापसे गरेर अपशब्द प्रयोग गरि सार्बजनिक स्थानमा हातपात तथा अभद्र ब्यवहार गरेको आरोप छ ।

पक्राउ परेका चन्दलाई अभद्र ब्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय सल्यानबाट म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज