दार्माका युवाहरूलाई समेट्दै तरुण दल
मंसिर १४, सल्यान । नेपाल तरुण दल दार्माले गाउँका तरुणहरूलाई समेट्न गाउँगाउँमा खेलकुद सामाग्री वितरण गर्ने बताएको छ ।
संगठनले आइतबार, दार्मागाउपालिका वडा नं १ काफलगैरामा युबाहरुलाई खेलकुद सामाग्री अन्तर्गत भलिबल खेलको लागि आबश्यक भलिबल १ , जाली १ सेट , पम्प १ लगायतका खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
तरुण दल दार्माका अध्यक्ष युबा नेता श्री कर्ण बहादुर चन्दले युवाहरूलाई खेलकुद सामाग्री बितरण गरेका हुन ।
साथै दार्मा गाउपालिकाका अन्य ठाउहरुमा पनि आबश्यकता अनुसार युवाहरूलाई खेलकुद सामाग्री वितरण गरिने अध्यक्ष चन्दले बताए ।







प्रतिकृया दिनुहोस्