June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
१४ बर्षीय वालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २ ब्यक्ति पक्राउ

१४ बर्षीय वालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २ ब्यक्ति पक्राउ

जेठ २८, सल्यान ।

सल्यानमा जबर्जस्ती करणी गरेको आरोपमा २ ब्यक्ति पक्राउ परेका छन ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका – ४ सुनपोखरीका १७ बर्षीय संकेत नाम ५५ घ ८१ र सोही ठाउँका २१ बर्षीय टोपेन्द्र घर्ती १४ बर्षीय बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन ।

पीडित बालिकाका हजुरबुवाको जाहेरीका आधारमा नातिनि जेठ २४ गते करिब राती १० बजे साथीको घरमा गएको अवस्थामा साथिको घरबाट बोलाई घरमा कोहि नभएको बेला उनको घरको कोठामा लगि जबरजस्ती करणी गरेको जाहेरी दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

उनीहरुलाई पक्राउ गरि  जिल्ला अदालत सल्यानबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।