विप्लव नेतृत्व नेकपा-सल्यानका २६ जनाले गरे सामुहिक पार्टी परित्याग
सल्यान/श्रावण-३१
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी सल्यानका २६ जनाले सामुहिक पार्टी परित्यागको घोषण गरेका छन।
शनिबार एक वक्तव्य जारी गर्दै १२ बर्ष देखि विप्लव नेतत्वको नेकपामा आबद्व रहि उनको नेतृत्वमा समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्ने उदेश्य रहि आएको तर पार्टीले जेन्जी आन्दोलन बाट उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर समीक्षा,चनावको प्रश्न र समिक्षा तथा नेपाली कम्युनिस्ट आन्दोलनको पूनर्गठन र एकतालाई अघि बढाउन नसकेको र पार्टीको मूल नेतृत्व नै क्रान्ति प्रति जिम्मेवार र प्रतिबद्ध नरहेको भन्दै पार्टी परित्याग गरेका हुन।
कम्युनिस्ट आन्दोलनको, पृनर्गठन र एकताको पक्षमा आवाज उठाएका पार्टीका स्थायी समिती सदस्य कमरेड उमा भुजेल शिलु र पीपीएम असल खइका लगाएतका नेता कार्याकर्ताहरू लाई पार्टी बाट निष्कासन गर्ने निर्णय आपत्तिजनक र राजनीतिक रूपमा गलत कदम भएको बताएका छ्न।
त्यस्तै बैचारिक बहस आत्मसमिक्षा पुनर्गठनको सट्टा निषेध गरेर स्थायी कमिटी सदस्य उमा भुजेल,पिबिएम असल खड्का लगाएका नेताहरूमा गरिएको कारबाही प्रति उनीहरुले आपत्ति जनाएका छ्न।
त्यसैगरि उनीहरुले विप्लवको नेतृत्वमा क्रान्तिको ऐतिहासिक कार्यभार पूरा हुन नसक्ने र उनी कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको पक्षमा नरहेको समेत आरोप जारी वक्तव्य उल्लेख गरेका छन।
जिल्ला सचीव मदन चन्दको नेतृत्वमा पार्टी परित्याग गदैं समग्र कम्युनिस्ट आन्दोलनको बैचारिक तथा राजनीतिक, पुनर्गठन र एकताको अभियानमा सहकार्य र समाहित हुने निर्णय सार्वजनिक गरेका जिल्ला समितिका २६ जनाको हस्ताक्षर सहित वक्तव्यको पुर्ण पाठ यस्तो रहेको छ।




लेखकको सम्वन्धमा