May 26, 2026, Tuesday
२०८३ जेष्ठ १२, मंगलवार
भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु : एक घाइते

भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु : एक घाइते

मंसिर २१, कैलाली ।

कैलालीमा भिनाजुको हँसिया प्रहारबाट लाग्दा सालोको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको हँसियाले लाग्दा मृत्यु भएको हो।

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए।

हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्।
घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ।

घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।