दार्मा स्तरीय राष्ट्रपति रनिङ् सिल्ड सम्पन्न, तर राष्ट्रिय माबि दार्माकोट भएन सहभागी
प्रकाश शर्मा
नयाँ दृष्टि डटकम
फारुलाचौर : दार्मा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत बिहिबार देखि सुरु भएको प्रतियोगिता आज समापन गरिएको हो ।
प्रतियोगितामा पालिका भित्रका चार वटा माद्यामिक बिद्यालयका खेलाडिहरुले सहभागीता जनाएका थिए । तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा कुल १८ स्वर्ण , ८ रजत र २ कास्य पदक सहित जनज्योति माबि फारुला प्रथम भएको छ । प्रथम भए संगै यसपालीको पालिका स्तरिय सिल्ड जनज्योति माबि फारुलाचौरले हात पारेको छ।
त्यसैगरी कुल ५ स्वर्ण , ९ रजत र ९ कास्य पदक सहित नेपाल राष्टिय माबि ढाकाडाम कोट द्वितीय भएको छ भने कुल ३ स्वर्ण , ३ रजत र ५ कास्य पदक सहित सुर्योदय माबि गोठिबन तृतिय भएको छ ।
प्रतियोगितामा सहभागी बालकल्याण माबि भुवनटाकुरी २ स्वर्ण , ८ रजत र १२ कास्य पदक सहित चौथो भएको छ भने पटक पटक जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बिजेता बनेको राष्ट्रिय माबि दार्माकोटले भने प्रतियोगितामा सहभागीता जनाएको छैन ।
२०७६ माघ १४ गतेको मोटरसाईकल दुर्घटनामा परि सो बिद्यालयका खेलकुद प्रशिक्षक टेकबहादुर केसीको दुखद निधन भएको थियो ।
दार्माका घर घरमा महत्वपुर्ण फोन नम्बर सहितका स्टिगर टास्दै नेपाल प्रहरी
#दार्मा #रनिङ सिल्ड


























प्रतिकृया दिनुहोस्