June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
मंगलबार सार्वजनिक बिदा

मंगलबार सार्वजनिक बिदा

साउन १५, सुर्खेत। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले साउन १७ अर्थात मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कर्णाली प्रदेश सरकार ( मन्त्री परिषद) को २०७८/१२/२९ गते बैठकबाट गरिएको निर्णय अनुसार साउन शुक्ल पञ्चमी नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश भित्रका सबै सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।