April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
धामी कहाँ हेराउन गएकी कुँवरको शव शारदा नदिमा

धामी कहाँ हेराउन गएकी कुँवरको शव शारदा नदिमा

जेठ २०, सल्यान ।

सल्यानको शारदा नदिमा एक महिलाको शव फेला परेको छ।

जिल्लाको कालिमाटी गाउँपालिका २ तिखेतराकी ६२ वर्षिय डम्बरी कुँवरको शव शारदा नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

१७ गते बिहान ८ बजे धामी कहाँ हेराउन जान्छु भन्दै घरबाट गएपछि परिवार सँग  सम्पर्क बिहिन  भएकि कुवर परिवारले खोजिकार्य गर्नेक्रममा छोराले बिहीबार दिउसो १२ बजेतिर सोहि ठाउँमा पर्ने शारदा नदीको बिचमा शव अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन।

शव फेला पारे पछि  प्रहरीलाई जानकारी गराए अनुसार ईलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी नायव निरीक्षक तेजबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलिले शवलाई निकाली पोष्टमार्टमको लागि तुलसीपुर दाङ पठाएको र पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाएको बताइएको छ।

घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक प्रेमबहादुर बोहराको कमान्डमा soco सहित ५ जनाको टोलि खटिएका प्रहरी निरीक्षक खनालले बताएका छन ।