September 23, 2026, Wednesday
२०८३ आश्विन ८, बिहीबार
सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै

सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै


बैशाख ३१, सल्यान।

सल्यानको बागचौर नगरपालिकाको पछिल्लो (११:३०) सम्मको मत परिणाम अनुसार माओवादी केन्द्रकै अग्रता देखिएको छ।

दोस्रो चरणको मत परिणाम सार्वजनिक गर्दा सम्म बागचौर नगरपालिका वडा नं. १२ को २०० (मत गणना गर्दा) गठबन्धन (माओवादी/ए.समाजवादी) तर्फबाट मेयर कृति बहादुर पुन ९५ मत परिणाम सहित अगाडि छ्न।
त्यस्तै उपमेयर (सुमनिमा डि.सी) १०३ मत छ।

साथै वडा अध्यक्षमा सेते ओलीको १०१ मत परेको छ।

त्यस्तै माओवादीलाई पछ्याउँदै (कांग्रेस) बाट मेयर जनकराज गौतम ७२ मत र उपमेयर दिपा बस्नेत को ७० मत र वडा अध्यक्ष टिकाराम ओली ९६ मत छ।

त्यस्तै सुर्य एमाले मेयर तिलक मल्ल को २९
र उपमेयर भक्त कुमारी वि.एम २२ मत गणना गरिएको छ।