May 23, 2026, Saturday
२०८३ जेष्ठ ९, शनिबार
बैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


बैशाख २६, काठमाडौँ । 

स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ।

यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए । 

वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ ।

यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो ।