May 26, 2026, Tuesday
२०८३ जेष्ठ १२, मंगलवार
सल्यानको शारदा नगरपालिमा एमाले तर्फबाट प्रमुखमा प्रधान र उपप्रमुखमा ३ जनाकाे नाम सिफारिस

सल्यानको शारदा नगरपालिमा एमाले तर्फबाट प्रमुखमा प्रधान र उपप्रमुखमा ३ जनाकाे नाम सिफारिस

६ वैशाख, सल्यान ।
सल्यानको शारदा नगरपालिकामा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा प्रमुखमा मनोजकुमार प्रधानलाई सिफारिस गरेको छ।

साथै एमाले शारदा नगरपालिकाले ३ जना उपप्रमुखको नाम पनि सिफारिस गरेको छ।

जस अन्तर्गत जालना भण्डारी, केशरी बस्नेत र सरिता हमालको नाम सिफारिस गरिएको नेकपा एमाले सल्यानले जनाएको छ।

नगर प्रमुखको सिफारिसमा परेका प्रधान पुर्व जिल्ला विकास समिति सल्यानका सभापति समेत हुन।

तत्कालीन राप्रपाकाे सहमहामन्त्री समेत रहेका प्रधान २०७४ को स्थानीय निर्वाचन पछि एमालेमा प्रवेश गरेका हुन।