May 23, 2026, Saturday
२०८३ जेष्ठ ९, शनिबार
सल्यानको माल्नेटामा ट्याक्टर दुर्घटना

सल्यानको माल्नेटामा ट्याक्टर दुर्घटना

२५ चैत, सल्यान।

सल्यानको शारदा नगरपालिका १५ माल्नेटामा ट्याक्टर दुर्घटना भएको छ।

बालुवा लिएर आएको ट्याक्टर माल्नेटा घर्तीगाऊको रोटेपानीमा दुर्घटना भएको हो।

वालुवा झारेर घुमाउने ठाऊ तिर जादै गर्दा उकालोमा सिलिप खाएर ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर सडक देखि करिब ५० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा चालक सहित तीन जना वालक परेका छन।

अरुको सबै स्वास्थ अबस्था सामान्य रहेपनि दुर्घटनामा परेका वालक अर्जुन केसिलाई धेरै चोट लाएको र उनलाइ उपचारकोलागि स्थानीय मेडिकलमा लगिएको स्थानीय गोबिन्द बाबू राजगुरुले बताएका छन ।