September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
सल्यानको बागचौर नगरपालिकाले “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” स्थापना गर्ने

सल्यानको बागचौर नगरपालिकाले “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” स्थापना गर्ने

१३ चैत, सल्यान।

सल्यानको बागचौर नगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै बागचौर २ खरिबोटमा आँखा तथा कान उपचारको लागि “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” उद्घाटन गर्ने भएको छ।

उपचार केन्द्रको चैत्र १४ गते विधिवत उद्घाटन हुने बागचौर नगरपालिकाले जनाएको छ।

स्थापना तत्पश्चात् नियमित रूपमा उपचार केन्द्र सञ्चालनमा आउनेछ।

उक्त उपचार केन्द्रबाट अँाखा तथा कान सम्बन्धि उपचार गरिने भएकाले सम्बन्धित बिरामीले लाभ लिन सक्ने नगर प्रमुख लोकमान बुढाथोकीको आकलन छ।