May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
शहिद नेत्रलाल अभागी प्राबिधिक शिक्षालयमा थप २ बिषय समावेश हुने प्रदेश अर्थ मन्त्रीको खुलासा

शहिद नेत्रलाल अभागी प्राबिधिक शिक्षालयमा थप २ बिषय समावेश हुने प्रदेश अर्थ मन्त्रीको खुलासा

सल्यान १८, मंसिर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वा’लाले शहिद नेत्रलाल अभागी प्राबिधिक शिक्षालयमा हाल पठनपाठन भैरहेका बिषयमा थप अरु नयाँ बिषयहरु समाबेश गरिने बताएका छन् ।

बिहीबार, सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडामा निर्माण भएको प्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

शिक्षालयमा वन बिज्ञान, कृषि बिज्ञान जस्ता बिषय समाबेश गर्ने तयारी भैरहेको मन्त्री ज्वालाले बताए । उनले भने – ‘अहिले यहाँ इन्जिनियरिङ र पशु बिज्ञान बिषयको पठनपाठन भैरहेको छ, अब थप अरु बिषयको पनि पठनपाठन शुरु गर्नुपर्दछ, यसका लागी वन बिज्ञान, कृषि बिज्ञान जस्ता बिषय समाबेश गर्ने तयारी भैरहेको छ ।’

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वा’लाले अबको शिक्षा उत्पादन र स्वरोजगारमुलक हुनुपर्ने बताएका छन् । अहिले देशभर शैक्षिक प्रमाणपत्र प्राप्त गरेका हजारौं युवायुवती बेरोजगार रहेको बताउदै उनले अबको शिक्षा रोजगार र उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

मन्त्री ज्वा’लाले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको पनि बताए । ‘अहिले शिक्षाको महत्व बढ्दै गएको छ, शिक्षाले मानिसको आचरण परिबर्तन गर्छ, रोजगारीको अवसर सिर्जना गर्दछ’ उनले भने ‘अब प्राबिधिक शिक्षालाई रोजगारी, सिप, व्यबसाय, उत्पादन र श्रम संग जोड्नु पर्दछ ।’

निरन्तरको प्रयास बाट शिक्षालय स्थापना

त्यस्तै  मन्त्री ज्वा’लाले निरन्तरको प्रयास बाट मात्रै सल्यान जिल्लामा शिक्षालय स्थापना भएको बताए । बिगतमा जिल्लाका बिद्यार्थीहरु प्राबिधिक तथा सिपमुलक शिक्षा आर्जनका लागी बाहिरी जिल्लामा गैरहेको अबस्थामा जिल्लाको आबश्यकतालाई महशुस गरेर शिक्षालय स्थापना गरेका उनको भनाई थियो ।

प्राबिधिक शिक्षालयको बिकास र संरचना निर्माणको लागी सरकारले काम गरिरहेको र ‘आबश्यक संरचना निर्माणका लागी पूर्वाधार बिशेष कार्यक्रम मार्फत शिक्षालयमा बर्षेनी वजेट विनियोजन भएको उनले बताए । यसका साथै स्थानिय तह, प्रदेश र केन्द्र सरकारले पनि शिक्षालयलाई सहयोग गर्न आबश्यक रहेको उनको जोड छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अहिलेको आबश्यकता ब्यवहारिक र ब्यबसायिक शिक्षा भएको बताए । यस्तै नेकपाका नेता रमेश मल्लले प्राबिधिक शिक्षालयबाट उत्पादित जनशक्ति उत्पादन र आयआर्जनका कार्यमा सरिक हुनुपर्ने बताए ।

कार्यक्रममा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्राबिधिक शिक्षाको क्षेत्रमा कर्णाली प्रदेशले फड्को मार्दै गएको बताए । बिद्यार्थी र अभिभावकहरुको रुचि पनि प्राबिधिक शिक्षामा भएकाले यस क्षेत्रमा थुप्रै जनशक्ति उत्पादन भएको र यसको सही सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षालय संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालय प्रमुख कृष्ण बिर नेपालीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षालयका सूचना अधिकारी इन्द्र कुमार शर्माले गरेका थिए ।

स्रोत : सल्यान टुडे